जुम्ला । जुम्ला सदरमुकाम खलंगामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न चामलको अभाव हुन थालेको छ । डिपो कार्यालयमा आयत भईरहेको चामल अभाव भएकाले सर्वसाधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७९/०८० मा डिपो कार्यालयका लागि प्राप्त ८ हजार १४७ क्विन्टल चामलको कोटा रहेको थियो । अहिले डिपोमा ९ सय ५९ क्विन्टल मात्रै मौज्दात रहेको छ । मौज्दात रहेको चामल मध्ये अति आवश्यकका लागि वाहेक अरुलाई वितरण गर्न नसकिने कार्यालय प्रमुख विष्टको भनाइ छ ।
कारागारका लागि २८० क्विन्टल र जन्म र मृत्यूका लागि १८० क्विन्टल चामल छुट्टाइएको छ । थप आवश्यक २ हजार क्विन्टल चामल माग गरिएको छ । मौज्दात भएको चामल कारागार, विपत र जन्म, मृत्यूका लागि मात्रै वितरण गरिने कार्यालय प्रमुख विष्टले बताउनुभयो । खाद्यान्न मौज्दात परिणाम न्यून भई साउन मसान्तमा ढुवानी हुनेगरी न्यूनतम २ हजार क्विन्टल खाद्यन्न आपुर्ति गर्नका लागि प्रादेशकि कार्यालय मार्फत केन्द्रीय कार्यालयलाई परिपत्र गरिएको छ । सरकारले जन्म र मृत्यूमा प्रति व्यक्ति २० केजी चामल दिने व्यवस्था गरे अनुसार जन्ममा ७८५ जना र मृत्यूमा ५९ जनालाई चामल वितरण गरिएको छ ।
यसैगरी सो चामल लिन आउने व्यक्तिलाई नियमानुसार रु चार लाख २३ हजार ज्याला रकम प्रदान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले जनाएको छ । जुम्ला मुख्य कार्यालयबाट डोल्पाको काईगाउँ डिपोका लागि १७७ क्विन्टल र डोल्पाको सर्मीका लागि ७५० क्विन्टल चामल पठाएको उक्त कार्यालयले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts