भोजपुरमा डेंगु संक्रमितको संख्या बढ्दै, महिला भन्दा पुरुष संक्रमित बढी

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरमा दैनिक डेंगु संक्रमितको संख्यामा बृद्धि हुदै गई रहेको छ । जिल्लामा हालसम्म ९० जनामा डेंगु संक्रमित भेटिएको छ ।

जनस्वास्थ्य समस्याकोरुपमा देखिएको डेंगु संक्रमणमा जिल्लामा बढदै गएको स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनुभयो । अहिलेसम्मको अवस्थामा भोजपुरमा ५८ जना पुरुष र ३२ जना महिलामा डेंगु संक्रमण देखिएको छ ।

संक्रमितहरुमा १५ देखि ४९ बर्षसम्मका ६९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको तथ्यांकले देखाएको छ । यस्तै उमेरगतरुपमा १५ बर्षसम्मका ८ जना र ५० बर्ष भन्दा माथि १३ जनामा डेंगो संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी बुढाथोकका अनुसार जिल्ला अस्पतालमा परीक्षण गराउने ५३ जना, पौवादुङमा गाउँपालिका ८, टेम्केमैयुङ गाउँपालिका ७, रामप्रसाद राई गाउँपालिका ४, हतुवागढी गाउँपालिका ५, अरुण गाउँपालिका ४, षडानन्द नगरपालिका ७ र साल्पासिलिछो गाउँपालिकामा २ जना डेंगु संक्रमित देखिएका छन्।

ADVERTISEMENT

भोजपुर जिल्लामा २ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । स्वास्थ्य कार्यालयले पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकाहरुलाई बिषादी बितरण गरेको छ भने पालिकाहरुलाई परीक्षणका लागि किटहरु समेत उपलब्ध गराएको जनाएको छ ।

दैनिकरुपमा संक्रमणको दर बढी रहँदा उपचार र सचेतनामा पहुँच भने बढाउनु पर्ने जिल्लावासीको माग रहेको छ । डेंगु नियन्त्रणका लागि अझै जिल्ला तहमा प्रभावकारी कार्यक्रमहरु जिल्लामा संचालन हुन सकेको छैन । संक्रमितको संख्या एक सयको हाराहारीमा पुग्न लाग्दा समेत प्रभावकारी कार्यक्रमहरु नदेखिएको नागरिकको गुनासो रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज