मिस नेवाःका प्रतियोगीले देखाए प्रतिभा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । मिस नेवाः नेपाल ११४३ का प्रतियोगीले आफूमा रहेको प्रतिभा देखाएका छन् । प्रतियोगिताको ट्यालेन्ट राउण्डमा उनीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । मिस ट्यालेन्ट उपउपाधिका लागि भएको ट्यालेन्ट राउण्डको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले पानसमा दीप प्रज्वलन गरेर शुभारम्भ गर्नुभएको थियो । ट्यालेन्ट शोमा सहभागी नेवार सुन्दरीहरूले नृत्य, गायन, अभिनय, वाक, वासुरी वादन, कविता वाचन, करातेलगायत आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेर निर्णायकलाई प्रभावित पार्ने गरेका थिए ।

१७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गतको ट्यालेन्ट शोमा कृष्टि प्रजापति, तुलसी कंसाकार, तिमिला महर्जन, रीतिका श्रेष्ठ, तुलसा प्रजापति, अविशा कपाली र सिचु मानन्धरले विभिन्न नृत्य प्रदर्शन गर्नुभएको थियो । त्यसैगरी एड्रिना श्रेष्ठले नृत्यका साथमा कराते, युनिशा महर्जनले बाँसुरी वादन, रोजिना महर्जनले बतृत्व कला, सुविता देउलाले नृत्य र कराँते, अन्सु प्रजापतिले नृत्य र अभिनय, रसिला श्रेष्ठ र मीनासा महर्जनले धिमे बाजा वादन, खुशी डंगोलले नेवारी कविता वाचन, रिद्धिसा श्रेष्ठले पियानो वादन तथा सकिना महर्जनले वक्तृत्व कला प्रदर्शन गर्नुभएको थियो ।

सहभागीले ट्यालेन्ट शोमा प्रदर्शन गरेको कला प्रस्तुतिका आधारमा निर्णायकबाट प्राप्त नामलाई प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका दिन मिस ट्यालेन्ट घोषणा गरिने मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराउनुभयो । मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गरिँदै आएको बताउनुभयो । यस वर्षको मिस नेवाः नेपालमा १७ युवतीले अन्तिम स्पर्धा गर्दैछन् ।

ADVERTISEMENT

नेप्लिज फेसन होमका प्रमुख सल्लाहकार समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्व तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, किड क्वीन इरिना महर्जन, मिस लिटिल नेवाः ११४३ सुजुती डंगोल, मिस नेवाः नेपाल ११४२ सेकेण्ड रनर्सअप सेलिना प्रजापति, मिस ट्यालेन्ट श्रेया महर्जन, सोसियल वेलफेयर चिफ अद्रिशा महर्जन, नेपाल भाषा प्रशिक्षक राजु नापितको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट राउण्डमा नेपाल क्योकुसिन सेइसिन काईकान कराते संघ तथा विश्व क्योकुसिनका उपाध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, लायन्स क्लब डिस्ट्रिक ३२५ एलका गर्भनर मणि श्रीरत्न बज्राचार्य, नमुना फेसन कलेजका भाइस प्रिन्सिपल जिबेश्वरलाल श्रेष्ठ, माँ बंगलामुखी सहकारीका अध्यक्ष अधिवत्ता लक्ष्मण महर्जन, बक्सिङ संघका अध्यक्ष राम अवाले र नेपाल लिपि गुठीका अध्यक्ष अनिल स्थापित निर्णायक रहनुभएको थियो ।

प्रतियोगितामा रोजिन शाक्य मुख्य कोरियोग्राफर रहनुभएको छ भने मिस नेवाः नेपाल कृषा महर्जन संयोजक रहनुभएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी भाद्र ५ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?