उखु किसानले अनुदान र मुल धन दुबै पाएनन्

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । सर्लाहीकालगायत देश भरि वाट उखु बेचेका किसानले अझै सम्म उद्याेगी र सरकार दुबै ठाँउ बाट पैसा पाउन सकेका छैनन् । गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै नपाउँदा उखु किसान निराश बनेका छन् । तराईका किसानले गएको पुस/माघमा बेचेको उखुको अनुदान रकम (प्रतिक्विन्टल) ७० रुपियाँ हालसम्म हात नलागेको हो । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले अनुदान रकम उपलब्ध गराइदिन अर्थ मन्त्रालयसहित अन्य निकायमा बारम्बार ताकेता गरिरहेको बताउनुभयो ।

मन्त्रालयमा ताकेदा गर्दा तत्काल रकम निकासा गर्ने आश्वासन पाए पनि किसानले अनुदान रकम प्राप्त गर्न नसकेका मैनालीको भनाई छ । “उखु बेचेको छ महिनासम्म सरकारले नै अनुदान रकम दिएन,” मैनालीले भन्नुभयो, “उखु खेती घट्दै गइरहेको अवस्थामा सरकारले अनुदान बढाएर किसानलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा महिनौँसम्म अनुदान रकम नदिएर किसानलाई निराश पार्ने काम मात्रै भएको छ ।” सर्लाहीमा केही दिनअघि बसेको सर्वदलिय/सर्वपक्षिय बैठकले उखु किसानलाई तत्काल अनुदान रकम दिन सङ्घीय सरकारसँग माग गरेको थियो ।

सर्लाहीमा अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहमा उखु बेचेका किसानले उद्योगबाट पनि सम्पूर्ण भुक्तानि पाउन सकेका छैनन् । यि दुई उद्योगमा उखु बिक्री गरेका किसानले आफूहरु सरकार र उद्योगी दुवैबाट मारमा परेको गुनासो गरेका छन् । उखु किसान समेत रहनुभएका गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले उद्योगीले रकम पूरा भुक्तानी नगरेको र सरकारले समेत अनुदान रकम दिन ढिलाई गर्दा किसान निराश हुनुपरेको गुनासो गर्नुभयो ।

ADVERTISEMENT

उखु बिक्रीपछिको उद्योगीले दिने रकम र सरकारले प्रदान गर्दै आइरहेको अनुदान प्राप्त गर्न उखु किसानले वर्षेनि आन्दोलन गर्दै आइरहेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख निर्मल न्यौपानेले उखुको अनुदान रकम कार्यालयलाई प्राप्त नभएको बताउनुभयो । न्यौपानेले मन्त्रालयबाट रकम प्राप्त हुनासाथ किसानको खातामा पठाइने बताउनुभएको छ ।

“अघिल्ला वर्षहरुमा पनि उखुको अनुदान रकम दशैँको मुखमा मात्रै आएको रहेछ, यो वर्ष पनि त्यस्तै हुने अवस्था देखिन्छ,” प्रमुख कोष नियन्त्रक न्यौपानेले भन्नुभयो, “कोलेनिकामा रकम रकम प्राप्त हुनासाथ किसानको खातामा पठाइहाल्छौँ ।” नगदे बाली उखुको मूल्य तोक्न ढिलाइँ, मूल्य तोकिँदा पनि लागत अनुसार नतोकिने, उखु बिक्री पश्चात उद्योगीले बेलैमा भुक्तानी नदिने, सरकारले अनुदान रकम उपलब्ध गराउन समय लगाउनेलगायत कारणले पछिल्ला वर्षहरुमा किसानले उखु खेती त्याग्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज