बालविवाह न्युनिकरण गर्न सञ्चारकर्मीले कलम चलाउन अपिल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

मुगु । पछिल्लो समय कर्णालीका जिल्लासहित मुगु जिल्ला बालविवाहको अवस्था भयाभह बन्दै गए पछि यसको न्युनिकरण गर्न सञ्चारकर्मीहरुको पनि मुख्य भुमिका रहनु पर्ने सराेकारवालाहरुले बताएका छन् ।

कर्णालीका जिल्ला मध्ये मुगु जिल्ला बालविवाह गर्नेमा पहिलो नम्बरमा रहेको जिल्ला भएको बताईएको छ । अहिले सरकारसँग र बालविवाह सम्बन्धि काम गर्ने संस्थासँग बालविवाह कति छ ?  कति भयो ?  भन्ने एकिन थत्यांक रहेको छैन । शुक्रवार मुगु जिल्ला स्थित सञ्चारकर्मीहरु सँग बालविवाह न्युनीकरण भुमिका सम्बन्धि बिषयको छलफमा यस्तो बताईएको हो ।

पछिल्लो समय प्राय दलित समुदाय र क्षेत्रि समुदायमा बालविवाह हुने गरेको हुँदा यसलाई न्युनीकरण गर्न सञ्चारकर्मीको पनि मुख्य भुमिका रहने कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र मुगुले जनाएको छ ।

जिल्लामा बालवविवाह, यौन प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि काम गर्दै आईरहेको सिडिएस पार्क संस्थाले बालविवाह न्युनीकरणमा पैरवी गरिरहेको छ । बाल विवाहले किशोर किशोरीको स्वास्थ्यमा समेत असर पुर्याउने भन्दै बाल विवाह न्युनिकरण अभियानमा सरोकारवालासँग सहकार्य गरेर चेतनामुलक कार्यक्रम संचालन गर्ने सिडिएस पार्क मुगुका कार्यकारी निर्देशक अजबहादुर शाहीले बताउनुभयाे ।

ADVERTISEMENT

कम उमेरमा विवाह र किशोरी उमेरमा आमा बनेपछि शारीरिक र मानसिक रुपमा तनाव बढ्ने र त्यसलै बिभिन्न हिंसा सम्बन्धी घटनाहरु निम्तिने उहाँको भनाइ छ । साथै जिल्लामा देखिएको बाल विवाहको समस्यालाई न्युनिकरण गर्न भुमिका खेल्नुपर्ने उहाँले बताउनुभयाे ।

बाल विवाहले सम्बन्धविच्छेदका घटना निम्त्याउने बताउँदै कम उमेरमा विवाह गर्ने घटनालाई अन्त्य गर्न सबै लाग्नु पर्ने र जिल्लामा बालबालिकाहर बढि जोखिममा रहेको बताउँदै उहाँले बाल विवाह र बालश्रमलाई न्युनिकरण गर्दै अभियाननै संचालन गर्नु पर्नेमा उहाँको जोड थियो ।

बालविवाहले सम्बन्ध विच्छेदका घटना निम्त्याउने भएकाले यस्ता घटना न्युनिकरण गर्न सबै सरोकारवालाहरु लाग्नु पर्ने शाहीले बताउनुभयाे ।

बालबालिकाका लागी गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवालाले पहल गर्नुपर्ने बताउँदै यसतर्फ ध्यान दिन र बालविवाह न्युनीकरण सम्बन्धमा सञ्चारकर्मीहरुले महत्वपुर्ण  भुमिका खेलेको र यसको बिषयमा थप कलम पनि चालिने पत्रकारहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज