इसेवा र ट्याङ्लोबीच भुक्तानी सम्झौता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इसेवा मनि ट्रान्सफर र ट्याङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । स्थापनाको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा फड्को मार्न सफल इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको छ ।

सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीले ट्याङ्लोको वेबसाइट, मोबाइल एप वा सिधै ट्याङ्लोका शाखामा गएर १५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सक्ने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

साथै ट्याङ्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्सफरका १३ हजार आठ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाका साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिने बताइएको छ । सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरतर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्याङ्लोतर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीका अनुसार ट्याङ्लो अन्तर्राष्ट्रिय रेमिट्यान्स मोबाइल भुक्तानीमा आधारित एक अग्रणी नाममध्ये एक हो । ट्याङ्लोका क्वालालम्पुर, सिंगापुर, जकार्ता, दुबई र लण्डनमा कार्यालय छन् र विश्वव्यापी १५० भन्दा बढी देश, पाँच हजार आठ सय मोबाइल अपरेटर, दुई हजार दुई सय बैंक÷वालेट र एक लाख ४० हजार नगद भुक्तानी केन्द्र रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?