जुम्ला । जुम्लाको तिला गाउँपालिका जिल्लाका अरु स्थानीय तहमध्ये योजना कार्यान्वयमा अगाडि देखिएको छ । पछिल्लो समयमा तिलाले संरचनागत विकासमा फड्को मारेको छ । गाउँपालिकाले नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ विहीबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर बिष्टले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९।०८० को आयव्यय,योजनाको विवरण र बार्षिक प्रगति विवरण सार्वजनिक गर्दे निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्टले कुल अनुमानित बजेटको ४३ करोड ९८ लाख ७९ हजार ५८४ रुपैयाँ पालिकाले खर्च गरेको छ । चालु खर्चतर्फको बजेट ३२ करोड ७९ लाख ५ हजार मध्ये २८ करोड ७९ लाख ६६ हजार १७१ रुपैया अथवा (८७.७२) प्रतिशत खर्च भएको छ ।
पुँजिगत खर्चको बजेट २७ करोड ८१ लाख ५ हजार मध्ये १५ करोड २४ लाख ४१ हजार ७६३ रुपैयाँ अथवा (५६.२८) प्रतिशत गरि जम्मा चालु र पूँजिगत गरि ७३.४७ प्रतिशत जम्मा खर्च भएको छ । सो बजेटबाट संघीय सरकारलाई १ करोड ६९ लाख ७८ हजार ८६८ रुपैया र प्रदेश सरकारलाई ६१ लाख ८० हजार २५० रुपैया खर्च हुन नसकी फिर्ता गएको छ ।
गाउँपालिकाको अल्या रकम २ करोड ४४ लाख १५ हजार रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । गाउँपालिकाले आन्तरिक राजश्व स्रोत २४ लाख संकलन गर्ने अनुमान रहेकोमा १८ लाख ७६ हजार ५०३ रुपैयाँ मात्र राजश्व संकलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टको भनाइ छ । तिलाको भौतिक प्रगती ९६ प्रतिशत भएको छ । संघ प्रदेश र पालिकाको आफ्नै लगानी र विभिन्न चार वटा अनुदानका शिर्षककबाट कुल १ सय ६७ वटा योजना छनोट गरिएकोमध्ये असार मसान्तसम्म १ सय ६१ वटा योजनाको निर्माण सम्पन्न भएका छन् । ४ वटा योजना सम्पन्न हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत विष्टले जानकारी दिनुभयो ।
संघीय विशेष अनुदान र समपुरक अनुदानबाट गाउँपालिकाद्धारा कार्यान्वयमा आएका गौरबका योजनामध्ये पालिकाको प्रशासकीय भवन, तलिचौर देखी लासिसम्म तटबन्धन निर्माण,लाटिका थानदेखी लर्मी गाउँसम्म सडक निर्माण,कुडारी बजारदेखी डुङ्गीसम्म सडक स्तरन्नती,राँसादेखी नदैगुफा सडक निर्माण,घोडेसिम खानेपानी आयोजना निर्माण, घोडा ज्यूलादेखी गाडापारि सिंचाई कुलो निर्माण,दश शैया अस्पताल निर्माणधिन अवस्था,मानेचौर मावि पक्की भवन निर्माण,सरस्वती मावि,सेतिबाडा मावि,ज्योति मावि,देउरालि मावि र देविदेउराली आविको पक्की भवन निर्माण भएको तिला गाउँपालिका योजना शाखाका प्रमुख धिरेन्द्र विक्रम थापाले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरविर सुनारले स्थानीय सरकारले जनअपेक्षानुसार काम गर्नुपर्ने बताउनुभयो । तिला गाउँपालिका निवर्तमान उपाध्यक्ष विष्णुमाया बुढाले स्थानीय सरकार संचालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकता भएमा स्थानीय सरकारले विकासमा गति लिने बताउनुभयो ।
जनताको आवश्यकता अनुसार सेवाप्रवाहलाई शसक्तरुपमा गाउँकेन्द्रित गरिने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ । स्थानीय सरकार गठनपश्चात भौतिक पूर्वाधार क्षेत्रका संरचनागत विकासमा तिलाले उल्लेख्य सफलता हासिल गरेको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका निर्माण, शिक्षा, स्वास्थ तथा विभिन्न क्षेत्रका बारेमा जिज्ञासा, सुझाव राखेका थिए ।
सहभागीले प्रश्न स्थानीय सरकारको काम कारवाहीबारे प्रश्न समेत राखेका थिए । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका कामबारे प्रश्न तथा सुझाब राखेकाछन् । प्राप्त सकारात्मक सुझावलाई ग्रहण गरि विषयगत रुपमा कार्यान्वयन गरिने गाउँपालिका उपाध्यक्ष गोरीकला ब्ुढाले जानकारी दिनुभयो । सहभागीहरूबाट प्राप्त जिज्ञासाहरुको सम्बन्धी शाखाका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले जवाफ दिएका थिए ।
गाउँपालिकाकाको आयोजना तथा भेरिखोला मिडिया प्रालीले सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरणमा गरेको थियो । गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीयवासिको उपस्थिती रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts