अमेरिकामा मेस्सीको लगातार उत्कृष्ट प्रदर्शन

Read Time = 2 mins

मियामी । यसै सिजन फ्रान्सबाट अमेरिकी क्लब इन्टर मियामी पुग्नुभएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लगातार उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई हराउँदै लिग्स कपको अन्तिम १६ मा प्रवेश गरेको छ । लिग्स कपको राउण्ड अफ ३२ को खेलमा मियामीले तीन-एक को जित दर्ता गरेको हो ।

मियामीका लागि प्लेयर अफ द म्याच घोषित कप्तान मेस्सीले दुई गोल तथा जोसे मार्टिनेजले एक गोल गर्नुभयो । ओर्लान्डोका लागि सेजार अराउजोले बराबरी गोल फर्काउनुभएको थियो ।

खेलको सातौँ मिनेटमा मेस्सीले इन्टरलाई अग्रता दिलाउनुभएको थियो । १७ औँ मिनेटमा ओर्लान्डोले सेजार अराउजोले रिबाउन्डमा बराबरी गोल फर्काउनुभयो । दोस्रो हाफको सुरुवातमै मार्टिनेजले पेनाल्टीमा गोल गर्दै मियामीको अग्रता दोब्बर पार्नुभयो ।

ADVERTISEMENT

७२औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै मियामीलाई तीन–एक ले जित दिलाउनुभयो । प्रतियोगिताको तेस्रो खेलमा मेस्सीको यो पाँचौँ गोल हो ।

अब मियामीले क्वाटरफाइनलमा पुग्न एफसी डालासको सामना गर्नेछ । डालासले मेक्सिकोको माजात्लानलाई दुई-एक ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?