धादिङमा लम्पी स्किन रोगबाट ५ सय भन्दा बढी पशुचौपायाको मृत्यु

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । धादिङको १३ वटै स्थानीय तहमा लम्पी स्किन रोगको संक्रमण फैलिएको छ । हालसम्म लम्पी स्किन रोगबाट ५ सय भन्दा बढी पशुचौपायाको मृत्यु भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा।सन्दिप सिलवालले जानकारी दिनुभयो । यस्तै १६ हजार पशुचौपायामा सङ्क्रमण भएका छन् ।

हालसम्म १ सय ९५ गाई, १४ भैँसी, २ सय १८ गोरु र ८६ बाच्छाबाच्छी तथा पाडापाडी गरी ५ सय १३ पशुचौपाया मरेका छन् । त्यस्तै ७ हजार ३ सय ३८ गाई, ७ सय ५३ भैँसी, ६ हजार ७ सय ९३ गोरु र १ हजार ४ बाच्छाबाच्छी तथा पाडापाडी गरी १६ हजार ४ सय ८८ पशुचौपाया सङ्क्रमित भएका छन् ।

ADVERTISEMENT

संक्रमितमध्ये ४ हजार १ सय ५७ गाई, ३ हजार ८ सय ४६ गोरु, ९ सय ७१ बाच्छाबाच्छी तथा पाडापाडी र ५ सय ४७ भैँसी गरी कुल ९ हजार ५ सय २१ संक्रमणमूक्त भएका छन् ।

त्यस्तै २ हजार ९ सय ८६ गाई, २ हजार ७ सय २९ गोरु, ५ सय ४७ बाच्छाबाच्छी तथा पाडापाडी र १ सय ९२ भैँसी गरी कुल ६ हजार ४ सय ५४ सक्रिय संक्रमित रहेका छन् । सिलवालका अनुसार २ हजार ६ सय ९० गाई, २ हजार ७ गोरु, १ हजार १ सय २२ बाच्छाबाच्छी तथा पाडापाडी र २ हजार ७ सय ८४ भैँसी गरी कुल ८ हजार ६ सय ३ पशुचौपायालाई लम्पी स्किन बिरुद्धको खोप लगाईएको जानकारी दिनु भयो । झिँगा, भुसुना, लामखुट्टे र विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु वस्तुलाई कमजोर बनाउने लक्षण देखा पर्छन् । यो रोगको सङ्क्रमण फैलिन नदिन गोठ वरपर सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउनु पर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा।सिलवालको भनाई छ । यो रोगबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । खेतीपाती लगाउने सिजनमा गाई गोरुमा यो रोग देखा परेपछी किसानलाई रोपाइँ गर्न समस्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज