घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी ।  गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका- ४, डाँडाथोक मालचिदीकी अन्दाजी ३६ वर्षीय फुलकुमारी नेपालीको घाँस काट्ने क्रममा भिरबाट लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिहीबार बिहान ९:०० बजे सोही वडाको ढुङ्गेठाटी हर्लेखानी सामुदायिक वनमा छोरी र छिमेकीहरु सँग घाँस काट्न गएकोमा घाँस काट्ने क्रममा अचानक भिरबाट लडी अन्दाजी २०० मिटर तल खस्न जाँदा नेपालीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

ADVERTISEMENT

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार नेपालीको शवलाई छोरी र घाँस काट्न गएका महिलाहरु मिलि घरमा ल्याई राखेको भनि टेलीफोनमार्फत ११:५० बजे त्यस वडाका वडा अध्यक्ष जुक्त बहादुर छन्तेलले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउनुभएको हो ।

घटनाको अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको कमाण्डमा ५ जनाको टोली उक्त स्थानतर्फ लागेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज