भारतीय सिमानाको मटिहानीमा सबैभन्दा अग्लो राष्ट्रिय झन्डा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

महोत्तरी । भारतको मधुवनी जिल्लासगैँ जोडिएको मटिहानी नगरपालिकाले मंगलवार देशकै सवैभन्दा अग्लो  झण्डा फहरायो ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा उद्घाटन गरिएको उक्त ११० फिट अग्लो नेपालको झण्डा विशेषगरि मधुवनी जिल्लालगायत विहारका धेरै भारतियहरुले देख्न सक्छन ।

सिमानामा रहेका पालिकाहरुले राष्ट्रियताका सवालमा विभिन्न आरोप खेपीरहेको वेला मटिहानीले फहराएको झण्डा  सामान्य लागेतापनी निक्कै ठुलो अर्थ बोकेको अनुमान लगाउन सकिन्छ  ।

मधेशका सिमानामा रोटिबेटीको समबन्धसगैँ राष्ट्रियताका सवालमा स्थानियहरु इमानदार नभएको संगिन आरोपका विचमा मटिहानी स्थित अग्लो पोलवाट फरफराएको झण्डाले भारतियहरुको हेपाहालाइ झापड मात्र लगाएको छैन राष्ट्रियताको बिषयलाइ लिएर गिज्याउनेहरुलाई समेत लज्जित बनाइदिएको छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले झण्डा उदघाटन गर्न उपराष्ट्रपति नै किन ल्याए त ? भन्ने बिषयले चर्चा पाइरहेको वेला उद्घाटन पछि  मटिहानीको आकाशमा  फरफराएको नेपालको झण्डाले उत्तर पनि सगैँ दिइरहेको छ । 'यो झण्डाले कति महत्त्व वोकेको छ भन्ने सवैले बिस्तारै थाहा पाउँछन,' नगरप्रमुख मण्डलले खुसी हुँदै भन्नुभयाे ।

ADVERTISEMENT

उपराष्ट्रपति यादवले पनि झण्डाको उद्घाटन गर्दै खुसी ब्यक्त गर्नुभयाे । 'नेपालको पहिचान, सम्मान र राष्ट्रियतासगँ जोडिएको राष्ट्रिय झण्डाले मधेशको गौरव बढाएको छ,' उहाँले भन्नुभयाे ।

ऐतिहासिक, धार्मिक नगरीकोरुपमा परिचित मटिहानीले आफैपनी देशमा नै पृथक विशेषता बोकेको छ । सताब्दीऔ पुरानो गुरुकुल होस या तस्मैवावा र पिरवावाको ऐतिहासिक तथा धार्मिक सम्बन्ध होस, मटिहानीले अलग पहिचान बनाएको छ।

देशका सर्वोच्च ब्यक्तित्त्वहरु ल्याएर राष्ट्रियताका सवालमा नगरप्रमुखले मटिहानी बलियो भएको प्रमाण मात्र पेश गर्नुभएकाे छैन देशकै गौरव वोकेको मटिहानीप्रती संघिय सरकारको बेवास्तालाई ध्यानाकर्षण समेत गराउनु भएकाे छ । मटिहानीलाई सहभागी  बक्ताहरुले धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रकोरुपमा विकास गर्न सकिने विचार ब्यक्त गरेतापनी प्रदेश र संघ सरकारको ध्यानाकर्षण हुन नसक्दा अझै ओझेलमा देखिएको छ ।

'त्यसैले मटिहानीमा बेला-बेलामा आयोजना गरिने यस्ता कार्यक्रम नगरप्रमुख मण्डलको हारगुहार पनि हो,' स्थानिय रामसेवक मण्डलले भन्नुभयाे । उहाँकाअनुसार नेपाल-भारतको सम्बन्धलाई बलियो बनाउन देखि सताब्दीऔं पुरानो बिरासतले मटिहानी नेपालको नै राष्ट्रिय सम्पती  भएको केन्द्रिय नेताहरु आएर भाषण गरेतापनी व्यवहारिकरुपमा भने कार्यान्वयन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज