कला निर्देशक देसाइ मृत्य फेला

Read Time = 2 mins

मुम्बई । बलिउडका चर्चित कला निर्देशक नितिन देसाई मृत्य फेला पर्नुभएको छ । देसाई बुधबार बिहान कर्जतस्थित उहाँको एनडी स्टुडियोमा मृत फेला पर्नुभएको हो । उहाँको मृत्युको कारणबारे प्रहरीले थप विवरण भने दिएको छैन । तर उहाँले आत्महत्या गरेको बताइएको छ । प्राप्त जानकारी अनुसार नितिन देसाईले बिहान ४ः३० बजे एनडी स्टुडियोमा झुण्डिएर आत्महत्या गर्नुभएको थियो । उहाँको मृत्युको कारण आर्थिक अभाव रहेको बताइएको छ ।

नितिनले कला निर्देशकको रूपमा आफ्नो करियर सन् १९८९ मा चलचित्र परिन्दाबाट सुरु गर्नुभएको थियो । यसपछि उहाँले धेरै सुपरहिट चलचित्रको सेट तयार गर्नुभएको थियो ।

ADVERTISEMENT

उहाँले डिजाइन गरेका चर्चित चलचित्रहरूको सेटमा ‘प्यार तो होना ही था’, ‘हम दिल दे चुके सनम’, ‘मिशन कश्मीर’, ‘राजु चाचा’, ‘देवदास’, ‘लगान’, ‘बाजीराव मस्तानी’लगायत छन् । देसाईले उत्कृष्ट कला निर्देशकको रूपमा चारपटक राष्ट्रिय पुरस्कार पाउनुभएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?