गोठमा मृत भेटिए ५४ वर्षीय पुरुष

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पामा ५४ वर्षीय एक पुुरुष गोठमा मृत फेला परेका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका –७ मैनादी कटहरबारीमा ५४ वर्षीय नेत्रप्रसाद पराजुली मृत भेटिएका हुन् ।

कटरबारीस्थित खाली गोठमा एक्लै बस्दै आएका रैनादेवी छहरा गाउँपालिका –५ अधेरी खोलाका पराजुुली सुतेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

सोमबार घरमाथिको बाटोमा देखिएका पराजुली अर्को दिन कही कतै नदेखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय मुझुङ्गलाई खबर गरेका थिए । खबर लगत्तै मुझुङ्गबाट गएको प्रहरी टोली र स्थानीयले खोजतलास गर्दा ढोकाको चुक्कल लगाई गोठ भित्रै सुतेको अवस्थामा भेटाएका थिए ।
स्थानीय र जनप्रतिनिधिको रोहबरमा ढोका फोडी हेर्दा मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पराजुली गोठ भित्रै विस्तारमा उत्तानो अवस्थामा रहेका थिए । उनी विगत ७ वर्षदेखि एक्लै खाली गोठमा बस्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?