जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

रासस
रासस
Read Time = 1 min

काठमाडौं । जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि सुरु भएको छ ।

डा सिके राउतले नेतृत्व गर्नुभएको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेन्डा तय गरिएको छ ।

ADVERTISEMENT

उहाँका अनुसार यही साउन १८ गते बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ भने १९ गते स्थानीय जनप्रतिनिधि पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाध्यक्ष, नगरप्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?