साइबर अपराध मुद्दामा म्याग्दीका एक युवा मलेशियाबाट पक्राउ

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । वैदेशिक रोजगारीका लागि मलेशिया गएका म्याग्दीका एक युवा साईबर अपराध मुद्दामा मलेशियाबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा पश्चिम म्याग्दीको मंगला गाउँपालिका-५ सिर्कुम घर भइ हाल मलेशियामा रहेका प्रकाश विकलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ती प्रकाशित गरी जानकारी गराएको छ ।

विकले एक युवतीलाई सामाजिक संजालमार्फत चरित्रहत्या गरेको आरोपमा मलेशियाबाट पक्राउ गरिएको साइबर ब्यूरोका सूचना अधिकारी पशुपति कुकमर रायले प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गर्नुभएको छ ।

ADVERTISEMENT

सूचना अधिकारी रायद्धारा जारी प्रेस विज्ञप्तीमा विकले सामाजिक संजालबाट चिनजान भएकी युवतीको म्यासेन्जरमा भिडियो कलका क्रममा भएका अश्लिल संवादको भिडियो रेकर्ड गरी सामाजिक संजालमा अपलोड गरेकाले पीडित युवतीका आफन्तको उजुरीको आधारमा विकलाई साईवर व्युरोले इन्टरपोलको सहयोगमा मलेशियाबाट पक्राउ गरिएको उल्लेख छ ।

पक्राउ परेका विकलाई विद्युतीय कारोवार ऐन २०६३ अन्तरगतको कसुरमा जिल्ला अदालत काठमाडौंमा पेश गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज