हत्या अभियोगका पाँच जना कारागार र एक जनालाई बाल सुधार गृह पठाईयो

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । मााछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोग लागेका भोजपुरका पाँच जनालाई जिल्ला अदालत भोजपुरले पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको छ भने उमेर नपुगेका एक जनालाई बाल सुधार गृह बिराटनगर पठाईएको छ ।

पक्राउ परेका भोजपुर नगरपालिका वडा नम्वर ११ का २२ बर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका बर्ष २३ का उमेश कार्की, सोही ठाउँका १६ बर्षका बालक, वडा नम्वर १२ का २९ बर्षका सुमन श्रेष्ठ, सोही ठाउँका बर्ष ३२ का मणी प्रधान र मोरङ सुन्दर हरैचा नगरपालिका वडा नम्वर ८ का २२ बर्षिय रोजिश कार्कीलाई ज्यान सम्वन्धी कसुर तथा हातहतियार खरखजना मुद्धा अन्तर्गत अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

जिल्ला अदालत भोजपुरबाट मंगवलार भएको थुनछेक आदेश अनुसार पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि जिल्ला कारागार भोजपुर र कानुनको बिवादमा परेका १६ बर्षका बालकलाई बाल गृह पठाईएको प्रहरी प्रमुख थापा क्षेत्रीले बताउनुभयो ।

२०८० असार २२ गते बेलुका मृतक भोजपुर नगरपालिका वडा नम्वर १२ पैयापानीका १९ बर्षीय दिप्सन प्रधानसहित सात जना वडा नम्वर ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएकोमा छ जना साथीहरू घर फर्किएर आएको दिप्सन भने घर फर्केर नआएकाले आफन्त र छरछिमेकबाट समेत खोज्दा फेला नपारे पछि आमा निरुका प्रधानले छोराको खोजीका लागि टक्सारमा रहेको बिमानस्थल सुरक्षा गार्ड भोजपुरमा असार २४ गते हुलिया सहित निवेदन दिएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।

ADVERTISEMENT

सोही दिन खोजी गर्नेक्रममा भोजपुर नगरपालिका १२ अखुवा खोलाको किनारामा दिप्सनको शव बालुवाले पुरेको अवस्थामा रहेको खवर पश्चात प्रहरी निरीक्षक बिशाल लिम्बुको टोली घटनास्थलमा पुगी आवश्यक कानुनी प्रक्रिया सहित सँगै गएका निजका साथीहरुलाई खोजतलास गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले सार्वजनिक गरेको घटना बिवरणमा उल्लेख गरिएको छ ।

दिप्सनका बाबु देवी प्रसाद प्रधानको जाहेरीका आधारमा प्रहरीले अभियोग लागेकाहरू माथि अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ परेका छ जना प्रतिवादीहरु माथि मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्वन्धी कसुरको दफा १७७ (१) को कसुरमा १७७ (२) बमोजिम तथा हातहतियार तर्फ अपराध सहिताको १३२(१) को कसुरमा १३२ (२) बमोजिम सजाय हुन तथा एकीकृत कसुर तर्फ सोही सहिताको ४३ (१) को कसुरमा ४३ (२) बमोजिम सजायको मागदावी गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज