काठमाडौं । चलचित्र ‘वानर सेना’को गीत ‘तिम्रो मनमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मुख्य कलाकार अर्पण गिरी (अरमान जंग) र आरजु प्रसाईंलाई फिचर्ड गरिएको छ । अर्पणकै निर्देशन रहेको चलचित्रको गीतमा उहाँकै शब्द रचना र स्वर अनि जोन तामाङको संगीत छ । सिनेमाको यसअघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेको दाबी निर्देशक गिरीको छ ।
गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतिमा निर्माण भएकको चलचित्रमा निर्देशक गिरी, आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया अनि तेजस्वी बास्कोटाले अभिनय छ ।
दशैंको घटस्थापना अर्थात् असोज २६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रवीन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पादन छ । चलचित्र युवराज गिरीको लगानीमा निर्माण भएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts