होटलबाट प्रवाह गरिने सेवामा मूल्य समायोजनका लागि छलफल

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । होटल व्यावसायी मञ्च गुल्मीले होटलबाट प्रवाह गरिने सेवामा मूल्य समायोजनका लागि सरोकारवालाहरुसँग छलफल गरेको छ । विगत दुई वर्ष देखि होटलबाट प्रवाह गरिने सेवा खाजा, नास्ता, खाना लगायतका सेवाहरुको बजारमा दैनिक उपभोग्यवस्तुहरुको मूल्य बढेपनि आफुहरुले मूल्य समायोजन नगरिएको भन्दै नयाँ मूल्य समायोजनका लागि छलफल गरिएको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंगबहादुर कुँवरले जानकारी दिनुभयो ।

अन्य व्यवसायिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, उपभोक्ता मञ्चका प्रतिनिधि, पत्रकार लगायतसँग गरिएको छलफलमा आफुहरुलाई सकरात्मक सुझावहरु आएका अध्यक्ष कुँवरले बताउनुभयो । सबैको राय, सुझावका आधारमा खाना तथा खाजाका आइटमहरुमा नयाँ मूल्य सूची समायोजन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट स्वीकृतिपछि कार्यान्वयनमा जाने अध्यक्ष कुँवरले बताउनुभएको छ ।

ADVERTISEMENT

छलफलमा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, गुल्मी चेम्बर अफ कमर्शका महासचिव यज्ञप्रसाद पन्थी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल र उपभोक्ता मञ्च नेपाल गुल्मीका सचिव युवराज भण्डारीले सर्वसाधरण उपभोक्ताहरुलाई केन्द्रमा राखेर मूल्य समायोजन गर्न सुझाव दिनुभयो । उहाँहरुले व्यवसायिक मर्का नपर्ने र उपभोक्तालाई पनि मार नपर्ने गरि मूल्य समायोजन गरी न्यून मूल्यमा सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।

छलफलमा होटल व्यावसायी मञ्चका विष्णुप्रसाद ज्ञवाली, मधु महर्जन, सचिव लालमणि आचार्य, कोषाध्यक्ष टिकाराम भण्डारी, सदस्य मैया कार्की, पार्वती गौचन, टेमलाल खनाल, धनकला गौतम, चिन्तामणि ढकाल, हुमाकान्त खराल, कलानिधि खनाल लगायत सदस्यहरुको सहभागितामा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज