रुपन्देही । कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सिअहेब लेखनाथ पौडेलमाथि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखर जंग मल्लले आइतबार साँझ पौडेल र सोही नगरपालिका वडा नम्बर–३ का भुवन पाण्डेयमाथि जबरजस्ती करणी उद्योगको मुर्दा दर्ता भएको जानकारी दिनुभयो।
आइतबार साँझ पीडित महिला कर्मचारीहरूले ती दुईमाथि जाहेरी दिएकी थिइन् । आरोपित दुवै जना सम्पर्कविहीन रहेका छन्। यौन दुर्व्यवहारको आरोप लागे पछि प्रमुख पौडेललाई नगरपालिकाले आइतबार नै जिम्मेवारीबाट हटाएको थियो।
गत शुक्रवार रात्रिकालीन ड्यिुटीका बेला मदिरा सेवन गरी दुई महिला कर्मचारीमाथि ती दुई जनाले यौन दुर्व्यवहार गरेको आरोप छ। आरोपित स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाई सकिएको मेयर अजय थापाले बताउनु भयो। उहाँले छानबिन गरी दोषीलाई कारबाही गरिने समेत बताउनु भयो। गत साउन १ गते नै पौडेललाई सो अस्पताल प्रमुखको जिम्मेवारी दिइएको थियो।






