लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा २ हजार २५ पशु मरे

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा हालसम्म दुई हजार भन्दा बढी गाईवस्तु सहितका पशुहरुको मुत्यु भएको तथ्याङ्कले देखाएको छ ।

खडेरीको चपेटामा परेको मधेस प्रदेशको आठ वटै जिल्लामा यस रोगका कारण गाईवस्तुको धेरै क्षती भएपछि किसान मर्कामा परेका हुन् । मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी १ हजार १ सय १८ गाई,भैँसी सहितका पशुको मृत्यु भएको हो भने पर्सामा सबैभन्दा कम दुई पशुको मृत्युसहित मधेस प्रदेशमा हाल सम्म यो रोगबाट २ हजार २५ पशुको मृत्यु भएको छ । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु अधिकृत डा. रञ्जितकुमार अधिकारीले मधेस प्रदेशका आठवटै जिल्लाहरुमा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किन बिरुद्वको खोप लगाइसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘धेरै हदसम्म पशुहरु निको पनि भएको छ । ६७ हजारमा दुई हजार जती पशुको मृत्यु भएको छ । बाँकी चाहीँ निको हुने क्रममा छ । यो रोग निको हुन अलिक समय लाग्छ । करिव २० देखि २५ दिन रोग निको हुन समय लाग्ने भएका कारणपनि अलिक गाह्रो हुन्छ । रोग लागेका पशुमा दुध उत्पादनमा ह्रास आएको छ । पशुहरुमा बाँझोपनको पनि समस्या आउँछ । पशुहरु कमजोर हुँदै जान्छ । मधेस सरकारले ६४ हजार मात्रा खोप खरिद गरेको छ । स्थानीय तहले खोपको कार्यक्रमलाई अगाडी बढाएका छन् । ४५ हजार मात्रा खोप लगाइसकिएको छ । स्थानीय तह, संघ र प्रदेशको समन्वयबाट मात्रै यो रोगबिरुद्ध लड्न सकिन्छ ।’’

ADVERTISEMENT

सोमवार लम्पी स्किन रोग बिरुद्वको खोप अभियानलाई जनकपुुरधामस्थित सीताराम गाई गौशालामा उद्घाटन गर्दै मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठवटै जिल्लामा आठ/आठ हजारको दरले कुल ६४ हजार खोप पठाएको बताउनु भयो । मन्त्री न्यौपानेले यो समस्या पहिला देखि नै भएपनि अहिले भयावह भएको बताउँदै यस्ता समस्याहरु दीर्घकालिन रुपमा समाधान गर्न सरकारले पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामीले खोप खरिद गरेका छौं । प्रत्येक जिल्लामा खोप पठाइसकेका छौं । खोप अभियान शुरु भइसकेको छ । तर, ६४ हजार डोज धेरै न्युन हुनेछ । त्यसको लागि स्थानीय सरकारलाई पनि हामीले आग्रह गरेका छौं । उहाँहरुसंग भ्याक्सिनको बजेट छ । जस्तो सर्लाहीका स्थानीय निकायले केही राम्रो गर्नुभएको छ । संघको कृषी मन्त्रीले पनि केही डोज भ्याक्सिन पठाउँछु भनेर आश्वासन दिनुभएको छ । ’

लम्पी स्किनका कारण सबैभन्दा बढी गाई/गोरुको मृत्यु भएको देखिन्छ । मधेस प्रदेशमा मृत्युभएका २ हजार २५ पशुमा भँैसी÷राँगा छन् भने २ हजार १९ वटा गाई÷गोरुको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज