भोजपुर । भौगोलिक बिकटताका कारण सेवा लिन आउने नागरिकहरुको सुबिधाका लागि भोजपुरको धोदलेखानीमा प्रशासनीक सेवा केन्द्रको स्थापना गरिएको छ । रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले सेवा केन्द्रको शुभारम्भ गर्नुभयो ।
रामप्रसाद राई गाउँपालिका वडा नम्वर दुई, धोदलेखानीमा प्रभावकारी सेवा प्रभाहका लागि प्रशासनीक सेवा केन्द्रको स्थापना गरिएको वडाध्यक्ष राजकुमार तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङले भन्नुभयो, “हप्तामा अव आइतवार र सोमवार सेवा दिने गरी केन्द्रको स्थापना भएको छ, यसले भौगोलिक समस्यालाई समेत समाधान गर्छ ।” चुनाबको बेला गरेका प्रतिबद्धता पूरा गर्दै नागरिकहरुलाई सरल सहज ढंगले सेवा प्रवाह गर्न प्रशासनीक सेवा केन्द्र स्थापना गरिएको हो, वडाध्यक्ष तामाङको भनाई रहेको छ ।
तत्कालिन धोदलेखानी गाउँ बिकास समिति हुदाँको सात, आठ र नौ नम्वर वडाका नागरिकलाई सेवा लिन सहजताका लागि साविक वडा नम्वर आठ को सामुदायिक भवनबाट सेवा दिने गरी केन्द्र स्थापना गरिएको रामप्रसाद राई गाउँपालिका वडा नम्वर दुई धोदलेखानीका वडा सदस्य सुन्दर राईले बताउनुभयो ।
सेवा केन्द्रको उदघाटन गर्नु हुदै गाउँपालिका अध्यक्ष थामबहादुर राईले भन्नुभयो, “सिंहदरवारको सेवा गाउँघरबाट नै दिन पाउँदा खुशी लागेको छ ।” निर्वाचनको समयमा गाउँगाउँमा सिंहदरबार भन्ने नारा लिएर जनताको घरदैलोमा भोट माग्न जाँदा बिश्वास नगर्नेहरु भेटिएको स्मरण गर्दे आध्यक्ष राईले नागरिकहरुलाई प्रभावकारी सेवा प्रवाह गर्न वडाहरुलाई पनि आग्रह गर्नुभयो ।
आफू जहिले नागरिकहरुसंगै रहेर देखिएका समस्याहरु समाधान गर्दै पालिकालाइ बिकास र समृद्धिको यात्रामा अघि बढाउने योजनामा रहेको अध्यक्ष राईले बताउनुभयो । अन्य सेवाहरु पनि विस्तार गरिने योजनाहरु गाउँपालिकाले अघि सारेको छ ।
सानातिना सेवा लिका लागि पनि असहज भई रहेको अवस्थामा पालिकाले वडा तहमा नै प्रशासनीक सेवा केन्द्र स्थापना गरेर सेवा दिन सुरु गरेकोमा धोदलेखानीवासीहरु समेत खुशी देखिनु भएको छ । पाएक पर्ने स्थानमा प्रशासनीक सेवा केन्द्र स्थापना भएपछि स्थानीय नागरिकहरुले पनि सहजताको महशुस गरेको वडा सदस्य सुन्दर कुमार राईको भनाई रहेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण लगायतको कार्य समेत स्थानीय बैकसँगको समन्वयमा वडा तहमा नै घुम्ती शिबिरमार्फत गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements