एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनमा बैठक बस्नेछ ।

पार्टीका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।

यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

ADVERTISEMENT

प्रावधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, सचिवालय बैठकले पार्टीको महाधिवेसनको मिति तय गर्ने देखी रिक्त रहेका पदहरुमा पदपुर्ति गर्ने अजेन्डा पनि सचिवालय बैठकको रहेको जनाइएको छ । साथै, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीति, कार्यक्रम र कार्यदिशाका बारेमा पनि नयाँ ढंगले प्रस्ताव तयार पार्ने योजना सचिवालयको रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज