सेल्फी डाँडामा पुष्परोपण

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 1 min

सिन्धुली । कमलामाई नगरपालिका–२ मा अवस्थित सेल्फी डाँडामा आइतबार पुष्परोपण गरिएको छ । विपि राजमार्गमै पर्ने यस पर्यटकीय स्थलमा दुई हजार वटा बगनबेरी र असारे जातको फुल रोपिएको हो ।

सेल्फी तथा फोटो खिच्नको लागी भिड लाग्ने गरेको उक्त पर्यटकिय क्षेत्र सेल्फी डाँडामा फुलको बिरुवा हुर्किएपछि प्राकृतिक सौन्दर्यतामा थप सुन्दरता आउने नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।

ADVERTISEMENT

कमलामाई नगरपालिकाको समन्वय तथा जिल्ला वन डिभिजन कार्यालय सिन्धुली, मोडर्न नर्सरी बनेपा र छिम्केस्वरी नर्सरी पाँचखालको सहयोगमा पुष्परोपण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज