गुल्मीमा एक व्यक्ति मृत फेला

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीमा एक व्यक्ति मृत फेला परेका छन् । मुसिकोट नगरपालिका-७, बसेरीमा छिमेकी जिल्ला बाग्लुङ्ग गल्कोट नगरपालिका-२ का ४९ वर्षीय प्रेमलाल दर्जी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दर्जीको शवलाई प्रहरीले स्थलगत मुचुल्का तयार पारी आफन्तलाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

ADVERTISEMENT

दर्जी साउन ७ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । दर्जीकी श्रीमतीको केही महिना पहिला मृत्यु भएको थियो । उनलाई मिर्गी रोगले सताएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज