कांग्रेस अझ बलियो भएको छ : नेता महर

रासस
रासस
Read Time = 2 mins

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताउनुभएको छ ।

आज चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी र सरकार दुवैलाई सशक्त रुपमा अगाडि बढ्न सहयोग पुगेको बताउनुभयो ।

उहाँले पार्टीले जनताका मुद्दामा सरकारलाई निर्देशन गर्ने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध भएर भएर लाग्न अनुरोधसमेत गरेको बताउनुभयो । “गठबन्धनको सबैभन्दा ठूलो दलले आफ्ना नेता भ्रष्टाचारमा मुछिँदा सरकारबाट बाहिरिन पनि सक्थ्यो तर हामीले हरेक भ्रष्टाचारका मुद्दामा छानबिनका लागि सहयोग गर्ने उद्देश्यले त्यसो गरेनौँ”, उहाँले भन्नुभयो ।

ADVERTISEMENT

उहाँले वर्तमान अवस्थामा कांग्रेसको धरातल कमजोर नभएको बताउनुभयो । उहाँले पार्टी र जनप्रतिनिधिको समन्वयमा काम हुनुपर्ने भन्दै त्यसका लागि पार्टीले देशभर निर्देशन गरिसकेको समेत स्पष्ट पार्नुभयो ।

नेता महरले भ्रष्टाचारका मुद्दामा पार्टीले कसैको पक्षपोषण नगर्ने भन्दै निष्पक्ष छानबिनका लागि सहयोग गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?