पहिरोको चपेटामा सिद्धबाबा सुरुङमार्ग, पानी पर्नासाथ पुनः पहिरो खस्ने जोखिम

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । मृत्यु मार्गका रुपमा चिनिने सिद्धबाबा सडक खण्डामा सुरुङ्गमार्ग निर्माणको कामले गति लिइरेहका बेला निरन्तर गएको पहिरोका कारण अवरोध सिर्जना गरेको छ । केही दिनदेखिको परेको अविरल वर्षासँगै खसेको पहिरोले निर्माणधिन सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशविन्दुमा अवरोध सिर्जना गरेको हो ।

एक हप्ता अघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेशविन्दु रिब पोर्टल पहिरोले पुरेको थियो । त्यस यता पटक–पटक गएको पहिरोले उत्तरतर्फको प्रवेशविन्दुमा क्षति पनि पु-याएको छ । यहाँ ५० मिटर माथिबाट ठूलो चट्टानसहित पहिरो खसेर ढोकालाई क्षति पु¥याएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

दक्षिणतर्फ सिद्धबावा मन्दिर नजिकैको प्रवेशविन्दूमा ढोकासमेत पहिरोले बगाउँदा तीन महिनाको लगानी खेर गएको छ । दुवैतर्फको सुरुङ प्रवेश मार्गमा पहिरो खसेको हो । पानी पर्नासाथ पुनः पहिरो खस्ने जोखिम रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख रामपुकार जयसवालले जानकारी दिनुभयो ।

पहिरोका कारण सुरुङमार्गमा क्षति पुगेको भए पनि यकिन विवरण भने आएको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको काम अगाडि बढाएको थियो । मध्यवर्षामा नेपाली प्राविधिकरुले ढलान गर्न नहुने भने पनि परियोजनाले एक हप्ता पहिले नै प्रवेश द्वारको ढलान गरेको थियो । एक हजार एक सय २६ मिटर दूरी रहेको सुरुङमार्गको काम तीब्रगतिमा अगाडि बढिरहेका बेला पहिरोले दुवै प्रवेशबिन्दुमा क्षति पुगेको छ ।

सुरुङको दुवैतर्फको माथिबाटै पहिरो खसेको छ भने लेदोले सबै पुरिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले भने ठेकेदार कम्पनीलाई वर्षा लागिसकेकाले पहिले नै काम नगर्न सचेत बनाए पनि गरेकाले क्षति भएको बताएको छ ।

सुरुङमार्गको विस्तृत परियोजना तयार नहुँदै ठेकेदारले काम थालेको थियो । तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरेपनि अहिले रोकिएको थियो । सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्ने गरी ग्लोबल टेन्डर आह्वान गरिएको थियो । जसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्परेसनले पाएको छ । स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी) ले गरेको अध्ययन प्रतिवेदनअनुसार नै काम अघि बढेको सडक विभागले जनाएको छ । सिद्धबाबा सुरुङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का लागे पनि एक वर्ष बढी म्याद गुज्रिसकेको छ ।

ADVERTISEMENT

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्ष अघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुरूप काम भए चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने छ ।

बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर दुरीमा सुरुङ मार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युतको ड्याम माथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्ट लगायतका पूर्वतयारीका कामहरू फागुन दोस्रो हप्तादेखि सुरु भएको थियो ।

सुरुङमार्गको आकार लिइसकेको ढोका पहिरोले बगाएपछि निर्माणमा ढिलाई हुने आशंका गरिएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज