श्रीलंकामा सामूहिक चिहानको अनुसन्धानको माग गर्दै तमिल समुदायको प्रदर्शन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

कोलम्बो । श्रीलंकाका धेरै क्षेत्रमा सामूहिक चिहानमा दर्जनौं पुरुषको कंकाल फेला परेका छन् ।

सो घटना पछि ती कंकालको छानबिनको माग सुरु भएको थियो, यो विषय अझै सकिएको छैन ।

श्रीलंकाको तमिल बहुसंख्यक उत्तरी र पूर्वी क्षेत्रहरूले शुक्रबार आन्दोलन गरिएको थियो किनभने श्रीलंकाका अल्पसंख्यक समुदाय तमिलहरूले उत्तरपूर्वी जिल्ला मुल्लाथिभुमा भएको कथित सामूहिक चिहानको विश्वसनीय अनुसन्धानको माग गरेका छन्।

सो क्रममा जाफ्ना, किलिनोच्ची, मन्नार र मुल्लाथिवुको उत्तरी र पूर्वी क्षेत्रका अन्य द्वन्द्वमा बेपत्ता भएकाहरूका आफन्तहरूले व्यापार बन्द गरेर तथा घरभित्रै बसेर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए । जाफना विश्वविद्यालयको संयुक्त विद्यार्थी युनियनले एक विज्ञप्तिमा बन्दको आह्वान गरेको थियो ।

ADVERTISEMENT

एक मिडिया रिपोर्ट अनुसार २००९ मा श्रीलंकाको सेना र पृथकतावादी तमिल टाइगर्स बीच २६ वर्षको गृहयुद्ध समाप्त भएको थियो, जसमा १ लाखको को ज्यान गएको थियो भने श्रीलंकाको सरकारी तथ्यांक अनुसार २० हजार भन्दा बढी अझै बेपत्ता रहेका छन्।

गत जुनमा यस क्षेत्रमा विकास परियोजनाको लागि उत्खनन गतिविधिहरूको क्रममा राष्ट्रिय पानी बोर्डका कार्यकर्ताहरूले कोक्कुथुडुवईमा संयोगवश एउटा कथित सामूहिक चिहान फेला पारेको थिए । जुलाई ६ मा मुल्लैतिवु मजिस्ट्रेटको अदालतले कथित सामूहिक चिहान खन्ने कामको निरीक्षणसमेत गरेको थियो ।

तमिल राजनीतिक दलका प्रतिनिधिहरुले त्यहाँ कम्तीमा १३ जनाको मानव अवशेष फेला पारेको बताएका छन् । पृथकतावादी सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिका आफन्तले चिहानको अन्तर्राष्ट्रिय अनुसन्धानको माग गर्दै आएका छन् ।

यसअघि एक रिपोर्टले पत्ता नलागेका यी अज्ञात सामूहिक चिहानहरूमा अझै हजारौं शव गाडिएको हुनसक्ने बताएको थियो। श्रीलंका सरकारले गठन गरेका धेरै छानबिन आयोगहरू मध्ये कुनै पनिले सामूहिक चिहानको छानबिन गर्न आदेश दिएका छैनन, जसकाकारण सत्यको पर्दाफास गर्ने प्रयासमा अवरुद्ध हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *