‘जय हो’ को ‘राजा रानी’ सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘जय हो’को ‘राजा रानी’ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सागर आले मगर र सदीक्षा अधिकारीको स्वर छ । गायक मगरकै शब्द तथा संगीत रहेको गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र सलोन बस्नेतको अभिनय छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गर्नुभएको छ ।

कार्यक्रममा अभिनेता सलोन बस्नेतले गीत तथा फिल्म ‘जय हो’ सबै दर्शकका लागि उत्कृष्ट दिने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन अनुरोध गर्नुभयो ।

टेक पौरखी राईको निर्देशन रहेको चलचित्रमा केकी र सलोनका अलावा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

ADVERTISEMENT

चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, वनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स छ ।

सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुनुहुन्छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र भदौ ८ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *