काठमाडौं । मादल वादक तथा वरिष्ठ लोकगायक खर्क बुढामगर शोभा अर्जुन संगीत कोषद्वारा सम्मानित हुनुभएको छ । लोक संगीतका प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ७०औँ जन्मजयन्तीका अवसरमा बुढामगरलाई सम्मान गरिएको हो ।
उहाँलाई कोषले दश हजार नगद रुपैयाँ छात्रवृत्तिसमेत प्रदान गरेको छ । साथै कोषले वादी सरोकार मञ्च सुर्खेतमा आश्रित छात्राहरू पार्वती, कमला र पूजा वादीलाई पनि दश हजार नगद छात्रवृत्ति प्रदान गरेको छ ।
सुर्खेत र काठमाडौंमा आयोजित फरक-फरक कार्यक्रममा उक्त सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा स्वर्गीय प्राध्यापक तिवारीको स्मरण गर्दै उहाँको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा सम्मानित बुढाले विभिन्न मौलिक भाकामा मादल वादन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच