गुल्मी । सुन्दर र सफा शहरयुक्त नगरपालिका निर्माणका लागि रेसुङ्गा नगरपालिकाले वृक्षारोपण अभियानको शुभारम्भ गरेको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको सक्रियतामा नगरपालिकाका विभिन्न स्थानमा पाँच हजार भन्दा बढी ज्याकाराण्डा फूलको विरुवा रोप्न लागिएको छ ।
सडक थप कटिङ्ग गर्न नपर्ने, थप क्षती नहुने र कालोपत्रे मात्रै गर्न बाँकी रहेका सडकहरुलाई पहिचान गरी अहिले तम्घासको आदर्शचोकदेखि सुरु गरिएको छ । यसलाई मरेङ्ग खोलासम्म पुर्याउने लक्ष्य राखिएको छ । तम्घास बजारस्थित वेरियरदेखि छल्दि पनाहासम्म, सेउघादेखि सीमाघाटसम्म तम्घास जीपपार्कदेखि नेटासम्म, तम्घास बजार प्रवेशद्वार देउरालीदेखि रेसुङ्गा एयरपोर्टसम्म पुष्परोपण कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने नगरप्रमुख पन्थीले बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाभित्र पर्ने मुख्य सडक तथा स्थानमा ज्याकाराण्डा फुलको विरुवा रोपण थालिएको छ । यसरी रुट म्याप नै बनाई पुष्पवृक्ष रोपण सुरु गरिएको छ । अहिले रोपण गरिएका विरुवाहरुले निकट भविष्यमा नै नगर क्षेत्रको पर्या–पर्यटनमा टेवा पु¥याउने बताउँदै सौन्दर्यकरणलाई बढाउने बताउनुभयो ।
पछिल्लो पटक रेसुंगा नगरपालिकालाई सुन्दर बनाउने अभियानमा विभिन्न कामहरु अगाडी बढाएको बताउँदै उहाँले भन्नुभयो, ‘थलालिङ्ग भएको तार व्यवस्थापन देखि भर्खर सम्पन्न गरिएको बजारको कालोपत्रेको कुरा होस् या सडक बत्तीको सुधारको कुरा होस् । यसरी थुप्रै कामहरु थालनी गरेकाछौं ।’ विभिन्न विकासका कार्यमा नयाँ आयाम दिइरहेको उल्लेख गर्दै सहभागीतामूलक विकासमा जोड दिएको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले नगरपालिकाले जिल्लाभर सन्देश पुर्याउने गरी पुष्प रोपण कार्यलाई तीव्रता दिएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले पूर्ण विकास हुनका लागि वातावरणीय अनुकुलताको विकास हुनुपर्ने बताउँदै पूर्वाधारको विकास, सामाजिक विकाससँगै पर्यावरणीय हिसाबले पनि पछिल्लो समय पूर्ण विकास हुनका लागि वातावरणीय अनुकुलताको विकास हुनुपर्छ भन्ने भन्ने कुरा सबैतिर उठेको भन्दै यसतर्फ विशेष ध्यान पु¥याउन पनि स्थानीय तहहरुलाई आग्रह गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts