काठमाडौं । राष्ट्रिय बास्केटबल लिग एनबिएलको पहिलो संस्करण खेल्ने क्लबहरूको घोषणा भएको छ । नेपाल बास्केटबल संघ नेवाका अध्यक्ष भीमसिंह गुरुङको उपस्थितिमा राष्ट्रिय बास्केटबल लिग एनबिएलको पहिलो संस्करण खेल्ने टिमको घोषणा भएको हो ।
प्रथम संस्करणको लिगमा कुल आठ टिमले सहभागिता जनाउनेछन् । सहभागी टिमहरूमा विशाल मिलन केन्द्र, बुढानीलकण्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउण्ड्स एकेडेमी, रोयल स्पोर्ट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब रहेका छन् ।
बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाई, डिजी फ्लाइका सिइओ उकेश लोहनीले सम्पूर्ण सहभागी क्लबका प्रतिनिधिलाई सम्मान गर्दै लिगमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामनासमेत दिनुभएको छ ।
नेपाल बास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजी फ्लाइको संंयुक्त सहकार्यमा लिगको आयोजना गर्न लागिएको हो । लिगका सम्पूर्ण खेलहरू कान्तिपुर टेलिभिजन एचडी, कान्तिपुर सिनेप्लेक्स र कान्तिपुर टेलिभिजनको आधिकारिक युट्युब च्यानलमा प्रशारित हुनेछन् भने मार्केटिङ समेत कान्तिपुर टेलिभिजन नेटवर्कले गर्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा