स्याउ सुपरजोन जुम्लाद्वारा किसानलाई हाते ट्रयाक्टर वितरण

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ स्याउ सुपरजोन कार्यालय जुम्लाले यहाँका किसानलाई अनुदानमा हाते ट्रयाक्टर लगायतका सामग्री वितरण गरेको छ ।

कार्यालयले ५० प्रतिशत अनुदानमा जिल्लाका किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले ५८ वटा हाते ट्रयाक्टर सहितका सामग्रीहरु प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिनुभयो ।

कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न कृषि समूहमा समावेश भएका किसानलाई उक्त कृषि औजारका सामग्री वितरण गरिएको छ । गत असार २१ गते पहिलो लटमा ३८ वटा हाते ट्रयाक्टर किसानलाई ५० प्रतिशत अनुदानमा कार्यालयको दुई लाख सात हजार र दोस्रो लटमा यही साउन १० गते २० वटा हाते ट्रयाक्टर गरि जम्मा ५८ वटामा ५० प्रतिशत अनुदानमा कार्यालयको १५ लाख ५० हजार बजेट खर्च भएको छ । यहाँका किसानलाई हाते ट्रयाक्टरको प्रयोग सम्बन्धि तालिम समेत दिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ जुुम्लाका प्रमुख शाहीको भनाइ छ ।

ADVERTISEMENT

किसानहरुले गर्दै आएको काममा थप सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ । किसानलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ कार्यालयले निरन्तर काम गरिरहेको कार्यालय प्रमुख शाहीले बताउनुभयो । किसानलाई सहयोग गरिएको सामग्रीले खेती गर्न सहज हुने तिला गाउँपालिका किसान नर रावतले बताउनुभयो । कार्यालयबाट प्रदान गरिएका कृषि सामग्रीले खेती प्रणालीमा काम गर्ने निकै सहज हुनेदखी समयको बचत हुने जिल्लाका किसान बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज