सप्तरीमा करेन्ट लागेर फेरि एक जनाको ज्यान गयो

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजविराज । सप्तरीमा तीन दिन नबित्दै अर्का किसानको करेन्ट लागेर ज्यान गएको छ ।

पछिल्लो पटक अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ बनौली बस्ने २५ बर्षीय मुकेश कुमार यादवको करेन्ट लागेर ज्यान गएको छ । मोटर चलाएर खेतमा पानी हाल्ने क्रममा बुधबार राति उनलाई केन्ट लागेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

करेन्ट लागेका उनलाई तत्कालै उपचारका लागि राजविराज ल्याएपनि सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस बर्ष बर्षा नहुँदा किसानले मोटरको प्रयोग गरी धानबालीमा पानी हालीरहेका छन् । मोटरकै प्रयोग गरेर धानबालीमा पानी हाल्ने क्रममा सोमबार राति मात्रै राजगढ गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ बर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज