काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्ला लक्षित‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इयर २०८०’ छात्रवृत्ति कार्यक्रम ल्याएको छ । छात्रवृत्तिअन्तर्गत २०७९ मा परीक्षामा उत्तीर्ण ३.६ जिपिएदेखि चार जिपिए ल्याउने विद्यार्थी कार्यक्रममा योग्य मानिनेछन् ।
छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा पाँच हजार, दोस्रोलाई तीन हजार पाँच सय, तेस्रोेलाई दुई हजार पाँच सय र सान्त्वना स्वरूप थप आठ विद्यार्थीलाई मासिक रूपमा एक हजार पाँच सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउनेछ । जसका लागि आवेदन बुझाउने अन्तिम मिति साउन २१ गतेसम्म तोकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच