‘दि रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलमा छनोट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फिडेल देवकोटाको लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र ‘दि रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलमा छनोट भएको छ । चलचित्र भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा होराइजन विधामा छनोट भएको हो । वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव यो चलचित्रको मुख्य कथा हो ।

रामकृष्ण पोखरल निर्माता रहेको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, प्रवीन खतिवडा, सृष्टि श्रेष्ठको अभिनय छ । फिडेलको यो डेब्यू चलचित्र हो ।

ADVERTISEMENT

भेनिसको होराइजन्स खण्डमा यसअघि मीन भामको छोटो चलचित्र ‘बाँसुल्ली’, पूजा गुरुङ र विभूषण बस्नेतको छोटो चलचित्र ‘दाद्या’, दीपक रौनियार निर्देशित कथानक चलचित्र ‘सेतो सूर्य’ पनि छनोट भइसकेका छन् । भामको ‘कालोपोथी : ब्ल्याक हेन’ ले भेनिसको क्रिटिक्स विकमा पुरस्कार नै जितेको थियो । भेनिस फिल्म फेस्टिभल २०२३ आगामी अगस्ट ३० मा सुरु भएर सेप्टेम्बर ९ मा समाप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?