कांग्रेस बैठकमा आज सभापति देउवाले जवाफ दिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे बोलाइएको छ ।

गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए ।

ADVERTISEMENT

जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *