नेक्स्ट सुपर मोडलको ताज गायत्रीलाई

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘नेक्स्ट सुपर मोडल नेपाल २०२३’ को ताज गायत्री गोसाईले पहिरिनुभएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा गोसाईले शीर्ष उपाधिसँगै मष्ट पपुलर अवार्डसमेत आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।

त्यस्तै, संगीना ईटनीले फष्र्ट रनर अपको उपाधिसँगै मिस फोटोजेनिक अवार्ड हात पार्नुभयो । प्रतियोगितामा वेष्ट ड्रेस सुष्मा तामाङ, मिस ट्यालेन्ट उषा पुन र वेष्ट वाक आस्था श्रेष्ठ घोषित हुनुभयो ।

ADVERTISEMENT

मोडल संग्स नेपालको आयोजनामा भएको प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी थियो । परमानन्द चौधरीको निर्देशनमा सञ्चालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धीरज तण्डुकार, प्रमिला सिलवाल र सजिना विष्ट त्रिपाठी निर्णायक रहनुभएको थियो । करिव एक महिना लामो प्रशिक्षणपश्चात् प्रतिस्पर्धीलाई अन्तिम स्पर्धामा स्टेजमा उतारिएको आयोजक संस्थाका अध्यक्ष स्वस्ती दंगालले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?