भदौमा ‘महानगर’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौं) भदौ ८ देखि देशभरका सिनेमाघरमा आउनेभएको छ । मोहन राईको लेखन तथा निर्देशन रहेको यो चलचित्र विभिन्न फेष्टिभलपछि नेपाल रिलिज हुन लागेको हो । विभिन्न देशका फेस्टिभलको यात्रापछि घरेलु दर्शकका लागि चलचित्र प्रदर्शन गर्न लागेको निर्देशक राईले जानकारी दिनुभयो ।

माउण्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, परिक्षित झाको सम्पादन छ ।

ADVERTISEMENT

चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुनुहुन्छ भने क्रियटिभ निर्माता नवनिधि दाहाल हुनुहुन्छ । चलचित्रमा कर्मा, मेनुका प्रधान, अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डेलगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *