सरुवा रोग अस्पताल सार्ने षड्यन्त्रविरुद्ध उच्च अदालतमा रिट दायर

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कालीकोटको एकमात्र सरुवारोग अस्पताल सुर्खेतमा सार्ने षड्यन्त्र विरुद्ध उच्च अदालत जुम्लामा रिट दायर गरिएको छ ।

कर्णाली प्रदेश सरकारले २ वर्षअघि कालीकोटको सदरमुकामा मान्ममा स्थापना गरेको सरुवारोग अस्पताललाई वर्तमान सरकारले वजेट कटौती गरेर अन्तै सार्ने सरकारको योजना विरुद्ध स्थानिय युवा हिक्मतजंग मल्लले आइतवार उच्च अदालत जुम्लामा रिट दायर गर्नुभएको हो ।

कर्णाली प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय र सामाजिक विकास मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।

मल्लले दायर गरेको रिटमा विपक्षी कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालय, सामजिक विकास मन्त्रालय लगायतका बाट भए गरेका काम कारवाही कानुनी रुपमा निश्प्रयोजित र प्रभावहीन भएकाले त्यस्तो कार्य परमादेशद्वारा बदर घोषित गरी हामि कालीकोटका नागरिकहरुलाई साविककै निर्णय गर्न गराउन न्याय प्रशासन ऐन २०७३ को दफा ८ नेपालको संविधानको धारा १४४ (१) (२) समेतका आधारमा यो रिट निवेदन गरेकोदायर गरिएको छ ।

यसअघि पनी समाजसेवी तथा युवानेता मल्लले अस्पतालको बजेट ब्यवस्थापन गर्न प्रशासन मार्फत ध्यानाकर्षण पत्र र कालीकोट बासीहरुको हस्तारक्षर अभियान सङकलन गरेर प्रदेश सरकारलाई बुझाइ सक्नुभएको छ । यति गर्दा पनि अस्पतालको लागी वजेट बिनियोजन नगरिदा अन्त्यमा कानुनी ढोका ढकढकाएको मल्लले बताउनुभयो ।

ADVERTISEMENT

दुई वर्षदेखि सञ्चालन भइरहेको सरुवारोग अस्पतालमा १८ जना स्वास्थ्यकर्मीले सेवा दिरहेका थिए । अहिले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागी बजेट कटौती गर्दा अस्पताल खारेजसँगै १८ जना स्वास्थ्यकर्मीहरुको रोजगारी समेत खोसिएको छ ।

स्वास्थ्यकर्मीको रोजगारी खोसिनुले खासै ठुलो क्षत्री हैन मल्लले भन्नुभयो कालीकोट लगायत दैलेख र बाजुराका जनता स्वास्थ्य सेवाबाट बञ्चित हुँनु परेको छ । संघियताको मर्म अनुसार अहिले दुर्गममा स्वास्थ्य सेवा अनिर्वाय छ तर, पावर र पहुँचको आधारमा सेवा दिरहेको अस्पताललाई अन्तै सार्ने षड्यन्त्र विरुद्ध कालीकोट मात्र हैन साविकको कर्णाली एक भएर लाग्ने चेतावनीसमेत दिनुभयो ।

जनघनत्व र पछिल्लो आवश्यकता दुर्गममा अस्पताल थपिनु र थप ब्यवस्थापन हुँनुको साटो सञ्चालनमा रहेको अस्पतालनै अन्तै सार्ने षड्यन्त्र विरुद्ध हामी सवै सक्षम युवा एकजुट हुँनुको बिकल्प नरहेको मल्लको भनाई छ ।

यसै विषयमा कालीकोट जिल्लाका प्रतिनिध सभा सदस्य तथा पुर्व मुख्यमन्त्री, प्रदेश सांसद दक्षिण शाही, दुर्गबहादुर रावत, स्थानीय तहका सरकारका प्रमुखहरुले आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालाई अस्पताल पुरानै अवस्थामा यथावत राख्न माग गर्दै दवाफ दिएको छ । मुख्यमन्त्री शर्माले यसको लागी बिचार गरिने प्रतिक्रिया दिएको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनभएको छ ।

कर्णाली बासीको स्वास्थ्य सेवा बाट बञ्चित गराउने षड्यन्त्र विरुद्ध नागरिक समाज एक भएर लाग्ने नागरिक समाज कालीकोटका अध्यक्ष दमनराज बमले बताउनुभयो । सञ्चालनमा रहेको एक मात्र सरुवारोग अस्पताललाई सुर्खेतको छिञ्चुमा लैजाने प्रदेश सरकारको योजना कुनै हालतमा सफल हुँन नदिने बमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज