काठमाडौं । चलचित्र ‘अदृश्य’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक दुई मिनेट १३ सेकेण्ड लामो ट्रेलरले हत्या, हिंसा र बलत्कारजस्ता अपराधको कथा उठान गरेको छ । सार्वजनिक ट्रेलरले सत्ता र शक्तिको आडमा अपराधीले कसरी सजिलै कानुनको गलत प्रयोग गर्छ भन्ने देखाइएको छ । प्रल्हाद काफ्लेको डेब्यु निर्देशनमा निर्माण भएको यो चलचित्रमा मिना बस्नेत र उमारुद्रा काफेलेको लगानी छ भने रविन अधिकारी र रिकेश खत्री सह-निर्माता हुनुहुन्छ ।
पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रमोद अग्रहरि, र रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रूपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रूपेश थापा, अभिमान सिंह बस्नेत, प्रतीक भुजेललगायत कलाकारको अभिनय छ ।
राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको चलचित्रको प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुनुहुन्छ ।






