कार्यालय सार्नेबारे गरिएको दुष्प्रचारप्रति गोलबजार नगरपालिकाको आपत्ति

Read Time = 2 mins

सिरहा ।  सिरहाको गोलबजार नगरपालिकाले आफ्नो कार्यालय सार्न लागेको भनेर गरिएको दुष्प्रचारप्रति आपत्ति जनाएको छ । पछिल्लो केही दिनयता नगरपालिका, जनप्रतिनिधि र कर्मचारीकाबारे गरिएका भ्रामक र चरित्र हत्या हुने सम्प्रेषण भएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नगरपालिकाले जनाएको छ ।

दवानल अनलाइन पत्रिकाले पछिल्ला केही दिनदेखि जनतालाई भ्रमित पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै नगरपालिकाले त्यस्तो समाचारको भ्रममा नपर्न अनुरोध पनि गरेको छ  ।

मैनावती पूर्वका खास गरी गोलवजार क्षेत्रका जनताले रोक्ने वा प्रतिवाद गर्ने भयले अत्यन्त गोप्य ढंगले कार्यालय सार्ने रणनीति बनाइएको भन्दै गरिएको दुष्प्रचारको विश्वास नगर्न नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ADVERTISEMENT

दवानल अनलाइन पत्रिकामा प्रकाशित गोलबजार धमिनिमन्दिर परिसरमा रहेको गोलवजार नगरपालिका नगरकार्यपालिको कार्यालय मैनावती नदीको पश्चिम किनारमा रहेको कोभिड अस्पतालको नाममा निर्माण गरिएको भवनमा सार्ने तयारी भन्ने सम्बन्धको समाचारमा सत्यता नरहेको नगरपालिकाको दाबी छ ।

कोभिड अस्पतालमा नगरपालिकाको कार्यालय सार्ने निर्णय नभई नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनमा सार्ने पूर्व तयारी भइरहेको गोलबजार नगरपालिकाका प्रवक्ता सञ्जित लामाले जानकारी दिनुभयाे । घटनालाई सत्यतथ्य रुपमा बुझेर समाचार सम्प्रेषण गर्न उहाँले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज