कृषि उत्पादन तथा उद्यममा जोडिएमात्र वी.पी.समाजवाद सार्थक हुन्छ: सङ्घीय सांसद थापा

Read Time = 3 mins

-युवराज पौडेल
स्याङ्जा । सङ्घीय सांसद तथा नेपाली काङग्रेस स्याङ्जाका सभापति राजु थापाले काङग्रेसका कार्यकर्ताहरू कृषि उद्यम र उत्पादनमा जोडिएमात्र वी.पी.को समाजवादको एउटा सपना पूरा हुने बताउनुभएको छ ।

वी.पी.स्मृति दिवसका अवसरमा स्याङ्जा काङ्ग्रेसले आयोजना गरेको वृक्षारोपण तथा वीपीको सालिकमा माल्यार्पण गर्ने कार्यक्रममा बोल्दै सांसद थापाले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रममा सङ्घीय सांसद तथा नेपाली काङग्रेस स्याङ्जाका सभापति राजु थापाले महामानव वी.पी कोइरालाले प्रतिपादन गर्नुभएका नीति र सिद्धान्तलाई व्यावहारिक जीवनमा उपयोग गर्न सक्दामात्र उहाँप्रति साँचो श्रदाञ्जलि हुने बताउनुभयो ।

सांसद थापाले नेपाली कांग्रेस पार्टी थप शसक्त र सुदृढ रुपमा अगाडि बढ्न यतिबेला विपीको मेलमिलाप नीति सार्थक रहेको बताउनुभयो ।

ADVERTISEMENT

वृक्षारोपण कार्यक्रममा थापाले कार्यकर्ताहरूलाई भन्नुभयो, "तपाईँहरू उत्पादनमा लाग्नोस्, जनताको सेवामा लाग्नोस्, कृषि उद्यममा जोडिनोस्, अनि मात्र वी.पी.को सपना पूरा हुन्छ ।"

नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको आयोजनामा गरिएको पहिलो बिहानी कार्यक्रममा स्याङ्जा सदरमुकाम वीपी चोकमा रहेको वी.पी.को सालिकमा माल्यार्पण गरिएको तथा दोस्रो कार्यक्रम पुतलीबजार नगरपालिका वडा नं.४ मा रहेको भाुलपहाडको खालि जग्गामा वृक्षारोपण गरेर सम्पन्न भएको गण्डकी प्रदेश सदस्य अजित क्षेत्रीले बताउनुभएको छ ।

जिल्ला कार्यबाहक सभापति केदार काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व सांसद भागवतप्रकाश मल्ल, गण्डकी प्रदेश सदस्य युवा नेता अजित क्षेत्री, प्रदेश सदस्य कुमबहादुर गुरुङ, महासमिति सदस्य तारा मल्ल, क्षेत्रीय सभापति तुलसीराम रेग्मी लगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज