सेवा प्रवाहदेखि विकास निर्माणलाई चुस्त बनाउन गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतबीच सम्झौता-पत्रमा हस्ताक्षर

Read Time = 2 mins

-विजय रावत
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सेवा प्रवाह र विकास निर्माणलाई चुस्त बनाउन गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई र प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतबिच कार्यसम्पादन सम्झौतापत्रमा  हस्ताक्षर भएको छ।

आर्थिक वर्ष २०७९/०८० मा कार्यसम्पादन सम्झौता गरेर अगाडि बढेको तातोपानी गाउँपालिकाले आ व २०८०/०८१ को लागि पनि सोही कार्यलाई निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६५, निजामति सेवा ऐन, २०४९ तथा नियमावली २०५०, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सवै नेपाल सरकारद्वारा समय समयमा जारी निर्देशन एवं परिपत्रमा उल्लेखित प्रावधानका आधारमा कार्यसम्पादन सम्झौता गरिएको हो।

उक्त प्रावधानअनुसार पालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले विषयगत शाखाका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कठायतको भनाइ छ । गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतसँग १८ बुँदाको सम्झौता गरेका छन् भने प्रमुख प्रशासकीय अधिकृतले सबै विषयगत शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको तातोपानी गाउँपालिकाले जनाएको छ ।

ADVERTISEMENT

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?