कैलाली । कैलालीमा बाघको छालासहित बैतडीका २ जना पक्राउ परेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका-२ रिङरोडबाट २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका-२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका-८ बस्ने ३० वर्षीय हर्कबहादुर बिष्ट छन् ।
उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ भएको बाघको छाला बरामद भएको छ । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता