अर्जुन रामपाल ५० वर्षमा चौथो पटक बने पिता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मुम्बई । अभिनेता अर्जुन रामपाल प्रेमिका गेब्रिएला डेमेट्रिएड्सको दोस्रो गर्भावस्थाका कारण चर्चामा थिए ।

तर बिहीबार अर्थात् जुलाई २० मा दुबैले आफ्नो दोस्रो सन्तानको स्वागत गरे, जसको घोषणा अभिनेताले सामाजिक सञ्जाल मार्फत गरेका छन् । अभिनेताको यो विशेष पोष्टमा फ्यानहरूले प्रेमको वर्षा गरिरहेका छन् र जोडीलाई माया दिइरहेका छन्।

ADVERTISEMENT

५० वर्षको उमेरमा चौथो पटक बाबु बनेको खुसी व्यक्त गर्दै अभिनेता अर्जुन रामपालले तौलियाको तस्बिरमा हेलो वर्ल्ड लेखिएको पोस्ट सेयर गरेका छन् ।

यो विशेष तस्बिरसँगै अभिनेताले क्याप्सनमा लेखेका छन्, ‘आज म र मेरो परिवारमा एउटा सुन्दर बच्चाको जन्म भएको छ, आमा र छोरा दुवै सन्चै छन्। डाक्टर र नर्सहरूको टोलीलाई धन्यवाद। हाम्रो खुशीको कुनै सीमा छैन। तपाईंको माया र समर्थनको लागि धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?