बरामद भएको सुनको तौल १५५ केजी

भन्सारका अधिकृत र नायब सुब्बासहित तीन जनालाई कारबाही गर्न विभागको सिफारिस

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मंगलबार बरामद भएको ठूलो परिमाणको सुनको तौल १५५ केजी रहेको पाइएको छ।

टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार उक्त सुनको तौल १५५ किलो रहेको छ । ‘परीक्षण गर्न बाँकी नै छ। अरू धातुको मात्रा कति छ थाहा छैन’, उहाँले भन्नुभयो, ‘सिलबन्दी गरेर ल्याइएको छ।’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भएको थियो। उक्त सुन जोख्नका लागि बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्‍याइएको थियो।

आठ वटा पोकामा उक्त सुन राखिएको छ।

यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्।

बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।

ADVERTISEMENT

यसैबीच सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न लागि अर्थमा सिफारिस गरेको हो ।

भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गर्नुभएको हो ।

“विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो”, सूचना अधिकारी खड्काले भन्नुभयो ।

राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *