जुम्ला । जुम्ला लगायत कालिकोट र मुगुका स्थानीय तहमै पुगेर करदाता शिक्षा दिन थालिएको छ ।
आन्तरिक राजश्व कार्यालय जुम्लाले कालिकोट,मुगु लगायत जुम्लाको कनकासुन्दरी, सिंजा र पातारासी गाउँपालिकाको प्रशासकीय केन्द्र लासीबजारमै पुगेर करदाता शिक्षा दिएको आन्तरिक राजश्व कार्यालय जुम्लाका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिनुभयो ।
जिल्लाको कनकासुन्दरी, सिंजा र पातारासी गाउँपालिकामा उद्योग उपभोक्ता हित संरक्षण कार्यालय जुम्लासंग संयुक्त रुपमा यहाँका स्थानीय तहका बजारमा पुगेर कर शिक्षासंगै बजार अनुगमन समेत गरिएको छ ।
सूचना अधिकारी उपाध्यायले भन्नुभयो,“सरकारको राजश्व बढाउने र व्यवसायीलाई करको दायरमा ल्याउन तथा समयमै नवीकरण गर्ने उद्देश्यले कर शिक्षा दिन थालिएको छ । ” पातारासी गाउँपालिकाको लासी बजारका करिब डेढ दर्जन व्यवसायीलाई करदाता सम्बन्धी शिक्षा तथा जनचेतना दिइएका छौ । व्यवसायी गर्ने सबैले करदाता सेवा कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्न गर्नुरोध समेत गरिएको छ ।
यहाँका स्थानीय बजारका पसल र होटलमा पान नम्बर अनिवार्य टाँस्नु पर्ने भनी सात दिने समय अवधि दिएको छ । करमा दर्ता नभएका व्यवसाय अवैध हुने भएकाले प्रचलित कानुन वमोजिम कार्वाही गरिने सुचना अधिकारी उपाध्ययाको भनाइ छ । पान नम्बर वा भ्याटमा दर्तागर्दा चाहिने आवश्यक प्रक्रियाका बारेमा व्यवसायिकलाई जानकारी गरिएको छ । राज्यलाई तिर्नुपर्ने कर तीर्ने व्यक्ति सचेत नागरिक हुन् । खाली विल दिएमा जथाभावी विलको दुरुउपयोग हुने भएकाले व्यापारीलाई सचेत गरिएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले पातारासी गाउँपालिकाको केन्द्र रहेको लासी बजार र उर्थुमा गरिएको अनुगमनमा मिति नाघेका खाद्य बस्तुहरु नष्ट गरिएको जानकारी दिनुभयो । आन्तरिक राजश्व कार्यालयको कार्यक्षेत्र जुम्ला लगायत कालिकोट र मुगु रहको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच