जोकोभिचलाई जरिवाना

Read Time = 1 min

पेरिस । सर्बियन टेनिस स्टार नोभाक जोकभिचलाई नियम उल्लंघन गरेको भन्दै विम्बल्डन टेनिस प्रतियोगिता आयोजक अल इङ्ल्यान्ड टेनिस क्लबले ६ हजार ११७ पाउन्ड जरिवाना तिराउने भएको छ । विम्बल्डन २०२३ को फाइनलमा स्पेनका कार्लोस अल्कारेजसँग पराजित भएपछि जोकोभिचले आवेशमा आएर कोर्टमै र्याकेट भाच्नुभएको थियो । हार ब्यहोरेपछि जोकोभिचले नेट पोलको नजिक गएर र्यारेट जोडले भुँइमा बजार्दै रिस पोख्नुभएको थियो ।

ADVERTISEMENT

अम्पायर फर्गस मर्फीले तुरुन्तै जोकोभिचलाई र्याकेट–स्मेसिङ कोड उल्लंघनको लागि चेतावनी दिनुभएको थियो । सो नियम अनुसार जोकोभिचलाई ६ हजार ११७ पाउन्ड जरिवाना लगाइएको हो । आइतबार सम्पन्न फाइनलमा जोकोभिच अल्कारेजसँग ३-२ को सेटमा पराजित हुनुभएको थियो । अल्कारेजले पहिलोपल्ट विम्बल्डनको उपाधि जित्नुभएको हो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?