काठमाडौं । नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय हुनुभएकाे छ ।
गृह जिल्ला अछाम पुग्नुभएका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय हुनुभएकाे हाे । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उहाँले पार्टीका गतिविधि र काम कारवाहीका बारेमा छलफल गर्नुभएकाे छ । उहाँले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राख्नुभएकाे छ ।
चितवन महाधिवेसनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिनुभएका रावल पछिल्लो समयमा पार्टी गतिबिधिवाट टाढा रहदैँ आउनुभएकाे छ । केन्द्रिय सदस्यसमेत अस्विकार गरेका रावलले पार्टीको पद तथा गोपनियताको सपथसमेत लिनु भएकाे थिएन । उहाँलाई पार्टीमा सक्रिय बनाउनका लागि बार्ता टोली गठनसमेत गरिएको थियो ।
तर, लामो समय देखी पार्टी गतिविधिमा असंलग्न रहदै आउनुभएका रावल आज भने गृह जिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरिरहनु भएकाे छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा