बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङमा पर्ने अधिकांश खण्ड कालोपत्रे भइसकेको छ । पूर्व मालढुङ्गादेखि पश्चि पातीहाल्नेसम्म करिब एक सय ४२ किलोमिटर मध्ये हालसम्म १४ किलोमिटर बाहेक सबै सडक कालोपत्रे भएको छ । तर कालोपत्रे भएको सडके विभिन्न स्थानमा क्षतविक्षत बनेको छ । बिना इन्जिनियरिङ निर्माण भएका ग्रामीण सडकले लोकमार्गमा ठूलो क्षति पु¥याएको छ । सकडमा क्षति पु¥याउनुका साथै सामान्य वर्षा हुँदा बित्तिकै अवरुद्धसमेत हुने गरेका छन् ।
सामान्य वर्षाले नै सडक अवरुद्ध हुँदा यात्रु मर्कामा पर्ने गरेका छन् । बागलुङ सदरमुकामदेखि काठेखोला, बडिगाड, ढोरपाटन हुँदै निसीखोलासम्म पर्ने मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँबाट शाखा सडक निर्माण भएका छन् । शाखा सडक निर्माण गर्दा डोजरलेनै केही भागमा कालोपत्रेनै उप्काएको छ भने केही भागमा भत्काएर अप्ठ्यारो बनाएको छ । पालिकालेनै कालोपत्रे सडकलाई भत्काएर अप्यारो बनाउने गरेको यात्रुको आरोप छ । बडिगाडका निर्मल सुवेदीले कालोपत्रे भएको लोकमार्ग दुई÷तीन वर्ष नहुँदै क्षतविक्षत हुनु स्थानीय पालिकाको कमजोरी रहेको बताउनुभयो ।
“यति राम्रो कालोपत्रे लोकमार्गबाट गाउँपालिका÷नगरपालिकाले शाखा सडक निर्माण गर्छन्, निर्माण गर्ने बेला थोरै सजकता अपनाएको भए सडकको अवस्था यस्तो हुने थिएन,” उहाँले भन्नुभयो – “सरोकारवाला निकायकै लापरबाहीले लोकमार्गको हालत यस्तो भएको छ, ठूला गाडी त सजोतसो गुड्छन्, साना मोटरसाइकल र ट्याक्सीलाई निकै समस्या हुने गरेको छ, दुर्घटानको जोखिम पनि बढाएको छ ।”
लोकमार्गको सबैभन्दा बढी गलकोट र बडिगाड खण्डको धेरै स्थानमा सडक बिग्रिएको छ । कालोपत्रे सडकको बीच भागमै ठूला ठूला खाडल बनेका छन्, खाडलमा गाडीका चक्क फस्दा पार्टपुर्जा बिग्रिने, पट्टा भाँचिने गरेको गाडी चलक शेरबहादुर विकले बताउनुभयो । बर्खाको समय सडकमाथिबाट आउने लेखोसहितको बाढीले बढी समस्या गराउने गरेको उहाँको भनाइ छ ।
विकले भन्नुभयो – “गाउँ–गाउँमो मोटरबाटो पुगेका छन्, नाली निर्माण गरेका छैनन्, पानी प¥यो भने गाउँको सडकको माथि सबै बगाएर पिच भएको सडकमा ल्याउँछ, जहाँ–जहाँ स–साना खोल्चा छन् त्यहाँ बढी क्षति पुगेको छ, बर्खामा त गाडी पिच बाटोमा पनि गाडी चलाउनै मुस्किल, सडकको ठाउँ ठाउँमा ठूला ठूला ताल बनेका छन्, गाडी भासिन्छन्, बिग्रिन्छ, धेरै खर्च निस्किन्छ ।”
अक्षतेदेखि बिहुँसम्मको खण्ड कालोपत्रे गर्न बाँकी रहे पनि बिहुँ हुँदै गलकोट–बडिगाड–बुर्तिबाङसम्मको खण्ड २०७२ सालमा कालोपत्रे सम्पन्न गरिएको थियो । कालोपत्रे गरिएका ति खण्डका अधिकाँस भाग भलले उप्काईदिएको छ । त्यसबाट करोडौं रुपैयाँको क्षति पुगेको छ । हटिया–बुर्तिबाङ र बुर्तिबाङ–पातिहाल्नेसम्मको सबै खण्ड कालोपत्रे भइसकेको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने १४२ किलोमिटर मध्ये करिब १३० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । तर अधिकांश सडक खण्डमा नाली पुरिएकोले भल सडकको बीच भाग ाट बग्ने गर्दछ । जीर्ण बनेको घोडाबाँधे–हटिया सडक खण्ड मर्मतको लागि ४० करोड रुपैयाँ विनियोजन भई त्यसबाट धमाधम काम भइरहेको छ । बागलुङका ६ वटा स्थानीय तहमा प्रत्यक्ष जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको विकासको मेरुदण्ड मानिए पनि दुरावस्था हुँदा यात्रुहरूले सास्ती भोग्न बाध्य भएका छन् ।
कालोपत्रे हुन बाँकी रहेका सडकको कालोपत्रे गर्न, क्षतविक्षत बनेको सडकको तत्काल मर्मत सम्भार गरि जोखिम न्यूनिकरण गर्न स्थानीयको माग छ । लोकमार्गको बिहुँ खण्ड लामो समय निर्माण कम्पनीले कालोपत्रे गर्न नसक्दा कारबाहीमा परेको छ । लोकमार्ग आयोजना कार्यालयले ठेक्का सम्झौता पनि टोडेको छ । ट्रयाक खुलेको २६ वर्ष बिति सक्दा पनि यो खण्ड कालोपत्रे नहुँदा स्थानीय हिलो र धुलोका कारण बसाइँसराइ गर्न बाध्य भएको स्थानीय नगेन्द्र कँडेलको भनाइ छ ।
सडक कालोपत्रेका लागि बारम्बार निर्माण कम्पनी र सरोकारवाला निकायलाई आग्रह गर्दा गर्दै यस केही समय अगाडि ठेक्कानै टोडिएपछि पिच गर्ने कार्य अनिश्चित बनेको उहाँको भनाइ छ । कँडेलले सडक छेउछाउँका धेरै बस्ती विस्थापित हुनु परेको गुनासो पोख्नु भयो ।
“सडको धुलो र हिलो कति समय खाएर बाँच्ने ?, वर्षौँ भयो, यहाँका स्थानीयले लोकमार्गको हिलो धुलो खान लागेको, हिउँद लाग्यो भने सडकमा सररर गाडी गुड्छन्, धुलो सबै खान लागेको थालमै आउँछ, बर्खा लाग्यो, हिलो उछिट्एिर आउँछ,” उहाँले भन्नुभयो – “यहाँका स्थानीयको दुःख कसैले सुनेनन्, अहिले काम गर्ला भनेको ठेक्कानै टोडियो, सडक अप्ठ्यरो भएर दुर्घटना पनि बढि रहेको छ, कति मान्छे त आजित भएर यहाँबाट बसाइँसराइ गरेर तराइ तिर गए ।”

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा